काठमाडौं । फागुन २१ को निर्वाचनका लागि परेका उम्मेदवारी मध्ये ४९ जनाले उम्मेदवारी फिर्ता गरेका छन् ।
देशभर १६५ निर्वाचन क्षेत्रका लागि ३ हजार ४ सय ८७ जनाको उम्मेदवारी परेको थियो । त्योमध्ये ४९ जनाको उम्मेदवारी फिर्ता गरेको निर्वाचन आयोगले पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार ४९ जनाले उम्मेदवारी फिर्ता लिएको जानकारी दिए ।
साथै ५ जना उम्मेदवारविरूद्ध दाबी विरोध परेको र त्यसमध्ये एक जनाको उम्मेदवारी खारेज भएको आयोगले जनाएको छ ।
आयोगका अनुसरा नागरिक उन्मुक्ति पार्टी नेपालका रेशमलाल चौधरीको उम्मेदवारी खारेज भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया