‘पीआर’ त्यागको समय नपुगेपछि राप्रपाकी कर्भिका थापाले लिइन् उम्मेदवारी फिर्ता

लोकपथ
581
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की उम्मेदवार कर्भिका थापाले प्रतिनिधि सभा निर्वाचनका लागि दिएकी आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन् । 

थापाले नेपाल संविधानको धारा २९१ अनुसार विदेशमा बस्दा प्राप्त स्थायी आवास अनुमति (पीआर) परित्याग गरेपछि कम्तीमा तीन महिना पूरा हुनुपर्ने कानुनी प्रावधान पूरा नभएको कारणले उनले उम्मेदवारी फिर्ता लिएको हुन् ।

पार्टीको अनुरोध र संविधानको मर्म अनुसार निर्णय गरेको उनले विज्ञप्तिमा उल्लेख गरेकी छन् । उनले अध्ययनको क्रममा विदेशमा स्थायी आवास अनुमति लिएको भए पनि कुनै पनि अन्य देशको नागरिकता वा राहदानी नभएको र नेपाली नागरिकता र राहदानी कायम रहेको स्पष्ट पारेकी छन् ।

थापाले विज्ञप्तिमार्फत राजनीति भित्र वा बाहिर रहेर प्रविधि, उद्यमशीलता, युवा तथा महिला सशक्तिकरण र सुशासनका क्षेत्रमा निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । साथै, सही समय र कानुनी आधार तयार भएपछि भविष्यमा फेरि जनतासामु उभिने बताएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?