राष्ट्रपति पौडेलद्वारा वसन्त पञ्चमी तथा सरस्वती पूजाको शुभकामना

लोकपथ
49
Shares
फाइल तस्बिर

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त पञ्चमी तथा सरस्वती पूजाका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले आज शुभकामना सन्देश जारी गर्दै माघ शुक्ल पञ्चमीका दिन सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइ र बालबालिकाहरूलाई शुभकामना व्यक्त गरेका हुन् ।

सन्देशमा उनले माता सरस्वतीलाई शिक्षा, ज्ञान र सङ्गीतकी देवीका रूपमा मानिने परम्परा रहिआएको उल्लेख गरेका छन् । 

यस शुभदिनमा बालबालिकालाई घरमै अक्षरारम्भ गराउने वा विद्यालय भर्ना गर्ने प्रचलन रहँदै आएको उनले बताएका छन् । साथै, सङ्गीतका पारखीहरूका लागि सरस्वती साधनाको प्रमुख दिनका रूपमा वसन्त पञ्चमीलाई मानिँदै आएको उनको भनाइ छ ।

नवीन कार्यको प्रारम्भ गर्न चाहने तथा साइत जुराउनुपर्ने शुभकार्यका लागि पनि यही दिनलाई रोजी विवाह, व्रतबन्धलगायत कार्य गर्ने प्रचलन रहिआएको राष्ट्रपति पौडेलले उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?