काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानतर्फ एक विशाल जलसेना परिचालन गरेको बताएका छन् । इरानमा जारी अशान्ति र उच्च तनावका बिच ट्रम्पले ती फौजहरू आवश्यक नपर्न पनि सक्ने सङ्केत गरेका छन् ।
स्विट्जरल्याण्डको डाभोसमा आयोजित विश्व आर्थिक मञ्चको कार्यक्रममा सहभागी भई एयर फोर्स वनमार्फत फर्कने क्रममा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले उक्त टिप्पणी गरेका हुन् ।
सिप–ट्र्याकिङ डेटाअनुसार अमेरिकी युद्धपोत युएसएस अब्राहम लिंकन र त्यससँगै तीनवटा विनाशकारी युद्ध पोतहरू एसियाबाट मध्यपूर्वतर्फ गइरहेको देखिएको छ । यस्तै, युएसएस जर्ज एच डब्लु बुश पनि भर्जिनियाबाट आन्ध्र महासागर हुँदै युरोपतर्फ प्रस्थान गरिसकेको छ ।
यसैबिच राष्ट्रपति ट्रम्पले इरानसँग व्यापार गर्ने मुलुकहरूमा २५ प्रतिशत भन्सार शुल्क चाँडै लागू गरिने चेतावनी दिएका छन् । इरानमाथि कडा अभिव्यक्ति र शासन परिवर्तनको आह्वान गर्दै आएका ट्रम्पले भने, कूटनीतिक समाधानका लागि आफू अझै पनि वार्ताका लागि खुला रहेको स्पष्ट पारेका छन् ।
अमेरिकाको यस कदमलाई मध्यपूर्व क्षेत्रमा बढ्दो तनावसँग जोडेर हेरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया