कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै : के-के छन् एजेण्डा ?

लोकपथ
406
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक बस्दैछ । 

विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिको यो पहिलो बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो १ बजे  बस्न लागेको हो । 

नयाँ नेतृत्व चयनपछि बस्न लागेको बैठकले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्दै आगामी निर्वाचनमा जाने रणनीतिबारे औपचारिक निर्णय गर्ने तयारी गरेको  पार्टीले जनाएको छ ।

यसका साथै निर्वाचन केन्द्रित अभियान, संगठन सुदृढीकरण, गठबन्धन नीति तथा समसामयिक राजनीतिक परिस्थितिबारे पनि छलफल हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?