काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पदबाट राजीनामा दिएका छन् ।
पार्टीको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएसँगै पौडेलले राजीनामा दिएका हुन् ।
गत पुस २७ गतेबाट सुरु भएको नेपाली कांग्रेसको विशेष महाधिवेशन पुस ३० गते मध्यरातमा सम्पन्न भएको थियो । विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति बनेपछि पौडेलले राजीनामा दिएका हुन् ।
यसअघिका सभापति शेरबहादुर देउवाले पौडेललाई मुख्यसचिव बनाएका थिए ।
त्यसो त गगन नेतृत्वको कांग्रेसलाई निर्वाचन आयोगले दिएको मान्यतालाई सर्वोच्च अदालतले समेत सदर गरेको छ । सर्वोच्चले समेत मान्यता दिएसँगै भोलि पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय समिति बैठक बोलाइएको छ ।
कांग्रेसमा बैठक सम्बन्धी जानकारी मुख्यसचिवले विज्ञप्ति निकालेर दिने भए पनि आज भने कार्यालयका सचिव प्रकाश शर्माले बैठकबारे जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया