काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संस्थापक रेशम चौधरीले आफूविरुद्ध परेको उजुरीको स्पष्टीकरण दिएका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कैलाली १ का उम्मेदवार चौधरीले आफूविरुद्ध परेको उजुरीमा स्पष्टीकरण दिएका हुन् ।
उनले राष्ट्रपतिबाट संविधान बमोजिम आंशिक नभई पूरा माफी पाएको समेत दाबी गरेका छन् । उनले आफूलाई माफी दिने पत्रमा समेत १९ जनालाई माफी दिइएको बताएका छन् ।
उनले भनेका छन्, ‘हामीलाई अदालतबाट भएको कैद सजाय माफी दिइएको भनिएको छ । कैद सजाय माफी भएपछि पूरै सजाय माफी हो । आंशिक होइन । आंशिक माफीबाट आपराधिकता नमेटिने व्याख्या छ । मेरो माफीको पत्रमा बाँकी कैद माफी भन्ने नभई फैसला बमोजिम लागेको कैद सजाय माफी भन्ने शब्द परेकाले आंशिक नभई पूरा माफी हो ।’
चोधरीले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै ती पत्र सार्वजनिक समेत गरेका छन् ।
टीकापुर हत्या काण्डका मुख्य दोषी ठहरिएका चौधरीलाई राष्ट्रपतिले आममार्फी दिएका थिए । बुधबार निर्वाचन आयोगमा चौधरीसहित ५ जनाको उम्मेदवारी खारेज गर्न माग गर्दै उजुरी परेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया