आन्तरिक लोकतन्त्र कमजोर भएको भन्दै उज्यालो नेपालका तीन नेताले छाडे पार्टी

लोकपथ
399
Shares

विराटनगर ।  कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी (उनेपा) का तीन केन्द्रीय सदस्यले पार्टी छाडेका छन् । 

राजीनामा दिनेमा डकेन्द्रसिंह थेगिम, ज्ञानबहादुर गुरुङ र अमर इजम रहेका छन् । उनीहरूले पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको बताएका छन् ।

डकेन्द्रसिंह थेगिम पार्टी गठन अघि प्रदेश नं १ पुनःनामकरण संयुक्त संघर्ष समिति का संयोजक थिए । गुरुङ र इजम भने नागरिक उन्मुक्ति पार्टीसँग आबद्ध थिए । यी नेताहरू लामो समयदेखि अरुणपूर्वका नौ जिल्लालाई ‘लिम्बुवान’ नामाकरण गर्नु पर्ने विषयमा आन्दोलनको नेतृत्व गर्दै आएका थिए ।

‘उज्यालो नेपाल पार्टी भित्र आन्तरिक लोकतन्त्र अत्यन्त कमजोर छ, विचार, विधि र प्रक्रिया अस्पष्ट छन्, र पहिचानसम्बन्धी एजेन्डा लिखित रूपमा छैन ।,‘ नेताहरूले निकालेको विज्ञप्तिमा उल्लेख छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?