निर्वाचन केन्द्रित सुरक्षा व्यवस्थापनबारे आयोगमा छलफल

लोकपथ
63
Shares

काठमाडौं । निर्वाचन आयोगको कार्यालय कान्तिपथमा निर्वाचन केन्द्रित सुरक्षा व्यवस्थापनसम्बन्धी छलफल सम्पन्न भएको छ । 

कार्यक्रममा आसन्न निर्वाचनलाई बिथोल्न सक्ने कुनै पनि आपराधिक गतिविधिलाई नियन्त्रण गर्ने तथा कानुनी दायरामा ल्याउनेलगायत विषयमा छलफल भएको थियो ।

साथै निर्वाचनलाई भयरहित वातावरणमा पारदर्शी एवं शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सबै सरोकारवाला पक्षहरूसँग समन्वय एवं सहकार्य गरी भरपर्दो सुरक्षा रणनीति अवलम्बनमा  छलफल केन्द्रित  थियो । 

छलफलमा गृहमन्त्री ओमप्रकाश अर्याल, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयुक्तद्वय जानकीकुमारी तुलाधर र सगुन शमशेर जबरा, गृह सचिव राजकुमार श्रेष्ठ, आयोगका सचिव कृष्णबहादुर राउत, प्रहरी महानिरीक्षक दानबहादुर कार्कीका साथै निर्वाचन आयोगका पदाधिकारीहरूको उपस्थिति थियो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?