विशेष अदालतले डा. संगीता मिश्रासँग माग्यो ५ लाख धरौटी [पूर्णपाठ]

लोकपथ
350
Shares

काठमाडौं । विशेष अदालतले स्वास्थ्य मन्त्रालयकी पूर्वसहित डा. संगीता कौशल मिश्रासँग ५ लाख धरौटी माग गरेको छ ।

बुधबार विशेष अदालतका न्यायाधीहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले पछि ठहरेबमोजिम हुने गरी पुर्पक्षका लागि धरौटीमा छाड्न आदेश समेत दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागमा म्यामोग्राफी मेसिन खरिद प्रक्रियामा ठूला अनियमितता भएको ठहर गर्दै विभागकी तत्कालीन महानिर्देशक डा. मिश्रासहित १४ जनामाथि भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।

‘पछि प्रमाण परीक्षण गर्दै जाँदा ठहरे बमोजिम हुने गरी हाललाई यी प्रतिवादी संगीता कौशल मिश्राबाट प्रस्तुत मुद्दा पुर्पक्षको लागि नगद धरौटी रु. ५,००,००० । (अक्षरुपी पाँच लाख रुपैयाँ) वा सो बराबरको बैंक जमानत लिई निजलाई तारेखमा राख्नू । उक्त नगद धरौटी वा बैंक जमानत नदिए विशेष अदालत नियमावली, २०७० को नियम३० को उपनियम (२) बमोजिम थुनुवा पूर्जी दिई थुनामा राख्न सम्बन्धित कारागारमा पठाईदिनू,’ आदेशमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?