यी हुन् एमालेले प्रत्यक्षतर्फ उठाएका १० महिला उम्मेदवार [सूचीसहित]

लोकपथ
280
Shares

काठमाडौं । नेकपा एमालेले फागुन २१ को निर्वाचनका लागि प्रत्यक्षतर्फका सबै सिटमा उम्मेदवार उठाएको छ ।

मंगलबार एमाले पार्टीको टिकट लिएका उम्मेदवारहरुले आ–आफ्नो क्षेत्रमा पुगेर उम्मेदवारी दर्ता गरिसकेका छन् ।

एमालेले आगामी निर्वाचनका लागि केही स्थानमा नयाँ उम्मेदवार र युवा उम्मेदवारलाई प्राथमिकता दिँदा अधिकांश उम्मेदवार भने पूरानै अनुहार रहेका छन् ।

एमालेले प्रत्यक्षतर्फको १६५ निर्वाचन क्षेत्र मध्ये १० स्थानमा मात्र महिला उम्मेदवार उठाएको पाइएको छ ।

जसअनुसार बर्दिया क्षेत्र नं २ मा विमला विक, तनहुँ १ मा भगवती न्यौपानेलाई उम्मेदवार बनाएको छ । विक यसअघि समानुपातिक सांसद भइसकेकी छन् भने न्यौपाने राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएर चुनावी मैदानमा होमिएकी थिइन् ।

यी हुन् एमालेले उठाएका १० महिला उम्मेदवार :

बर्दिया २– विमला विक

तनहुँ १– भगवती न्यौपाने

बागलुङ २– मञ्जु शर्मा चालिसे

बारा ३– ज्वालाकुमारी शाह

धनुषा ३– जुली महतो

महोत्तरी ४– निलमकुमारी अधिकारी

पर्सा २– रिमा कुमारी यादव

सोलुखुम्बु– कल्पना राई

ओखलढुंगा– अस्मिता थापा

सुनसरी ३ भगवती चौधरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?