राष्ट्रिय सभा निर्वाचन : मतदानका लागि मतदाताले के लैजानुपर्छ ?

लोकपथ
77
Shares

काठमाडौं । आगामी माघ ११ गते राष्ट्रिय सभाका रिक्त सदस्यहरुको निर्वाचन हुँदैछ ।

१८ पदका लागि हुन लागेको निर्वाचनका लागि आचारसंहिता लागू भइसकेको छ । उक्त निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको सूची अनुसार ४४ जना उम्मेदवारहरुले उम्मेदवारी दिएका छन् ।

स्थायी सदन, जनप्रतिनिधिहरुको पनि जनप्रतिनिधिमूलक थलो मानिने राष्ट्रिय सभा निर्वाचनमा स्थानीय तहका जनप्रतिनिधि, प्रदेश सभाका सदस्यहरुले मतदान गर्ने कानुनी व्यवस्था रहेको छ ।

आयोगले यसअघि नै मतदाताको अन्तिम नामावली समेत सार्वजनिक गरिसकेको छ । सम्बन्धित मतदानस्थलमा मतदानका लागि जाने मतदाताहरुले आफ्नो परिचय खुल्ने कागजात लिएर जान आयोगले भनेको छ ।

आयोगका अनुसार अनुसार आयोगबाट जारी भएको मतदाता परिचयपत्र लिएर जानुपर्नेछ । त्यस्तै प्रदेश सभा सदस्यको हकमा निर्वाचन अधिकृतबाट प्रदेश सभाको सदस्यमा निर्वाचित हुँदा उपलब्ध गराइएको प्रमाणपत्र, निर्वाचन अधिकृतबाट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाको प्रमुख र उपप्रमुखमा निर्वाचित हुँदा उपलब्ध गराइएको प्रमाणपत्र बोक्नुपर्नेछ ।

यस्तो छ मतदाताले बोक्नुपर्ने कागजात :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?