झुटा मुद्दा लगाइएको छ, तर अदालतले न्याय दिन्छ : रवि लामिछाने

लोकपथ
63
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूले सधैँ अदालती प्रक्रियाको सम्मान गर्ने बताएका छन् ।

बुधबार सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै लामिछानेले सो विश्वास व्यक्त गरेका हुन् ।

आफूलाई पूराना राजनीतिक दल र राज्य संयन्त्रले अनावश्यक कुरा लगाएर मुद्दा लगाइएको भए पनि अदालतप्रति न्याय पाउनेमा पूर्ण विश्वास रहेको दाबी गरे ।

‘जे जस्तो भए पनि अदालती प्रक्रियालाई हामीले सम्मान गर्नुपर्छ, स्वीकार गर्नुपर्छ । हुन त अत्यधिक नचाहिँदो कुराहरु लगाएर अभियोजनहरु लगाएर सबै चीजहरु भएको छ । तै पनि अदालतको विकल्प हामीसँग अर्को कुनै छैन । अदालतप्रति मैले सधैँ सद्भाव राख्दै आएको छु । यो प्रक्रियामा सहभागि हुनैपर्छ,’ रविले भने ।

त्यस्तै उनले झापामा जनलहरले नै निर्वाचनको परिणामको शुभ संकेत गरेको समेत दाबी गरे ।

‘जनलहरले देखाइसक्यो नि ! जनताले बोल्ने कुरा मैले बोल्नै पर्दैन नि,’ उनले भने ।

चितवनले राम्रो संकेत गरेको भन्दै उनले देशभर घण्टीमय बनाउने अभियान सफल हुने समेत दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?