काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १० हजार ४ सय रुपैयाँले वृद्धि भएको हो ।
अघिल्लो दिन २ लाख ८४ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १० हजार ४ सय रुपैयाँले बढेर २ लाख ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । यो मूल्य हाल सम्मको नै उच्च मूल्य हो ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी ४० रुपैयाँले वृद्धि भएको हो । अघिल्लो दिन ५ हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज ४० रुपैयाँले बढेर ५ हजार ९ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया