काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन प्रणालीतर्फ मनोनयन दर्ता गर्ने उम्मेदवारको संख्या ३ हजार ४ सय ८४ पुगेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक तथ्यांकअनुसार राजनीतिक दलको तर्फबाट २ हजार २ सय ९७ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
दलबाट उम्मेदवारी दिनेहरूमध्ये २ सय ३५ जना (१० प्रतिशत) महिला, २ हजार ६४ जना (९० प्रतिशत) पुरुष र १ जना अन्य लिङ्गका उम्मेदवार छन् । यस्तै, स्वतन्त्र उम्मेदवारको संख्या १ हजार १ सय ८७ पुगेको छ, जसमा १ सय ६० महिला र १ हजार २४ पुरुष रहेका छन् ।
कुल उम्मेदवारमध्ये महिलाको संख्या ३ सय ९५ (११ प्रतिशत), पुरुष ३ हजार ८८ (७९ प्रतिशत) र अन्य १ जना रहेको आयोगले जनाएको छ ।
उमेर समूहका आधारमा हेर्दा ३६ देखि ४० वर्ष उमेर समूहका उम्मेदवार सबैभन्दा धेरै छन् । यस समूहमा ४६ प्रतिशत अर्थात् १ हजार ६ सय १० जना उम्मेदवार दर्ता भएका छन्, जसमा २ सय ३५ महिला र १ हजार ३ सय ७५ पुरुष छन् । २५ देखि ३५ वर्ष उमेर समूहमा १६ प्रतिशत अर्थात् ५ सय ८३ जना उम्मेदवार छन् भने ४१ देखि ४५ वर्ष उमेर समूहमा ३१ प्रतिशत अर्थात् १ हजार ९० जना उम्मेदवार दर्ता भएका छन् । ४५ वर्षभन्दा माथिका उम्मेदवारको संख्या ५ प्रतिशत अर्थात् २ सय १ रहेको छ ।
निर्वाचन आयोगका अनुसार यस पटक प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने राजनीतिक दलको संख्या ६८ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया