सुनसरी-१ बाट हर्क साम्पाङले गरे मनोनयन दर्ता

लोकपथ
42
Shares

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले सुनसरी निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन् ।

आज समर्थकहरूसहित निर्वाचन आयोगको सम्बन्धित कार्यालय पुगेका राईले उम्मेदवारी दर्ता गराएका हुन् । 

मनोनयन दर्तापछि उनले परिवर्तनमुखी राजनीति र श्रमको सम्मानलाई आफ्नो मुख्य एजेन्डा बनाएको बताए ।

राई २०७९ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा धरान उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?