कैलाली–४ बाट टिकट पाएका कांग्रेसका वीरबहादुर बलायरद्वारा चुनाव नलड्ने घोषणा

लोकपथ
784
Shares

काठमाडौं । नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले टिकट पाएर पनि निर्वाचन नलड्ने भएका छन् । कैलाली क्षेत्र नं ४ बाट टिकट पाएका उनले मनोनयन दर्ता चलिरहेको बेला निर्वाचन नलड्ने घोषणा गरेका हुन् । 

बलायरले शेरबहादुर देउवालाई मात्र वञ्चित गराउने गरी गरिएको निर्वाचनको कुनै अर्थ नहुने भन्दै आफूले पनि निर्वाचन नलड्ने बताएका छन् । देउवानिकट नेता बलायर २०७९ मा डोटीबाट कैलाली–४ मा झरेर एमालेका लेखराज भट्टलाई पराजित गरेका थिए । 

उनको यो निर्णयसँगै नेपाली कांग्रेसभित्र कैलाली–४ को उम्मेदवार चयन प्रक्रिया थप चासोको विषय बनेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?