काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष विक्रम पाण्डे पो पटक प्रतिनिधिसभा निर्वाचनमा नउठ्ने भएका छन् ।
चितवन–३ बाट लगातार जस्तो उम्मेदवार बन्दै आएका पाण्डे निवर्तमान सांसद भएपनि उनले यो पटक नउठ्ने निर्णय लिएका हुन् । पाण्डेले चितवन–३ लाई आफ्नो आधार क्षेत्र बनाउँदै आएका थिए ।
उनको स्थानमा राप्रपाले पार्टीको महानगर अध्यक्ष दीपक थापालाई उम्मेदवार बनाउने भएको छ ।
यसपटक सो क्षेत्रमा नेकपाबाट भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोविता गौतम, एमालेबाट शंकर थपलियालगायतका उम्मेदवार छन् । रेनु दाहाल महानगर प्रमुखबाट राजीनामा दिएर निर्वाचनमा होमिएकी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया