एमालेले सुनसरी–४ मा अबुल हुसेनको टिकट खोस्यो, जगदीश कुशियैत बने उम्मेदवार

लोकपथ
224
Shares

विराटनगर । नेकपा (एमाले)ले सुनसरी क्षेत्र नम्बर–४ मा अबुल हुसेनलाई दिएको टिकट खोसेर जगदीश कुशियैतलाई दिएको छ ।

एमालेले यसअघि नेपाली कांग्रेसबाट एमाले प्रवेश गरेका अबुल हुसेनलाई टिकट दिएको थियो । तर विवाद चर्केपछि एमालेले सुनसरी–४ मा कुशियैतलाई उम्मेदवार बनाएको हो । 

एमाले सुनसरी जिल्ला अध्यक्ष पर्शुराम यादवले पार्टी अध्यक्ष केपी शर्मा ओलीले अन्सारीलाई दिइएको टिकट रद्द गरी निर्वाचन आयोगमा जानकारी पठाउन निर्देशन दिएको बताए । 

गएको आइतबार अन्सारी अध्यक्ष ओलीको हातबाट खादा ग्रहण गर्दै एमाले प्रवेश गरेका थिए । प्रवेशलगत्तै उनले सुनसरी–४ को टिकट पाउँदा एमालेभित्र तीव्र असन्तुष्टि उत्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?