रास्वपाले बनायो काठमाडौं–४ बाट पुकार बलमेलाई उम्मेदवार 

लोकपथ
238
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर-४ मा पुकार बलमेलाई उम्मेदवार बनाएको छ ।

बलमेले सुरुमा क्षेत्र नम्बर १ रोजेका थिए, तर पार्टीले उनलाई क्षेत्र नम्बर-४ को टिकट प्रदान गरेको छ । अघिल्लो निर्वाचनमा उनले क्षेत्र नम्बर-१ बाट उम्मेदवारी दिएका थिए ।

रास्वपाले यस निर्णयसँगै काठमाडौं क्षेत्रका उम्मेदवारहरूको अन्तिम सूची टुङ्ग्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?