काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले मोरङको क्षेत्र नम्बर ६ बाट टिकट पाएका छन् । उनले २०७९ सालको निर्वाचनमा पनि सोही क्षेत्रबाट जितेका थिए ।
कांग्रेसले मोरङका सबै क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ । जसअनुसार क्षेत्र नम्बर १ मा खड्ग फागो, २ मा डा. मीनेन्द्र रिजाल, ३ मा डा. सुनिल शर्मा, ४ मा गुरुराज घिमिरे, ५ मा फूलकुमार लालबानी र ६ मा डा. शेखरले टिकट पाएका छन् ।
घिमिरे, फागो र लालबानी पहिलोपटक प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्न लागेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया