पूर्वसञ्चारमन्त्री जगदीश खरेल ललितपुर–२ बाट उठ्ने, ११ बजे रास्वपामा प्रवेश गर्दै

लोकपथ
224
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्रीबाट सोमबार राजीनामा दिएका जगदीश खरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचन लड्ने निश्चित भएको छ । उनलाई रास्वपाले ललितपुर–२ बाट उम्मेदवार बनाउने निश्चित भएको छ । 

रास्वपा नेता गणेश पराजुलीका अनुसार, खरेललाई बिहान ११ बजे पार्टी प्रवेश गराउने कार्यक्रम तय भएको छ । 

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज उम्मेदवारी मनोनयन हुँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?