काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सागर ढकाललाई गुल्मी १ बाट उम्मेदवार बनाएको छ ।
यसअघिको निर्वाचनमा स्वतन्त्रबाट डडेल्धुरामा कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवासँग प्रतिष्पर्धा गरेका ढकाल आगामी निर्वाचनमा गुल्मी–१ पुगेका हुन् ।
उनले डडेल्धुरा नजाने भनेपछि अर्को उम्मेदवार पठाउँदै उनलाई गुल्मी पठाइएको हो ।
उक्त क्षेत्रमा कांग्रेसबाट चन्द्र भण्डारी र एमालेबाट प्रदीप ज्ञवाली प्रतिष्पर्धा गर्दैछन् ।
यसअघिको ०७९ को निर्वाचनमा कांग्रेसका भण्डारी विजयी हुँदा ०७४ को निर्वाचनमा भने ज्ञवाली निर्वाचित भएका थिए ।
उनले यसअघिको चुनावमा डडेल्धुराका जनतासँग गरेको कतिपय बाचा पुरा गरेको र कतिपय पूरा गर्न बाँकी रहेको बताएका छन् । साथै आफूले गरेका काम र त्यहीँ पुगेर बुझाउने भन्दै सुदूरपश्चिम र मधेशका मुद्दा देशव्यापी उठाउने समेत दाबी गरेका छन् ।
‘डडेल्धुराका जनताः हजुरहरूलाई बोलेका कुरा कति पूरा गरेँ, त्यसको रिपोर्ट बुझाउन आउँछु। सुदूरपश्चिमका मुद्दा र मधेसका मुद्दा देशव्यापी रूपमा उठाउँछु। बिस्तृतमा डडेलधुरा आएर नै भन्नेछु,’ उनले भनेका छन् ।
उनले सामाजिक सञ्जालमा भनेका छन् :
गुल्मी–गुजरात मोडेल : अब नेपालको पालो ।
१६५ निर्वाचन क्षेत्रमा “मतान्तर प्रतिशतमा” पहिलो ??
भारतका सबै खर्बपतिमध्ये ५०% भन्दा बढी र राजनीतिमा आडवानी, मोदी, गान्धी सबै गुजराती नै छन्। साँचो अर्थमा भारतको कायापलट हुनुमा गुजराती मानसिकता, धार्मिकता, नैतिकता र औद्योगिक सोच अत्यन्तै हावी छ।
त्यसैगरी, गुल्मी र वरपरका जिल्लाहरू नेपालकै “Intellectual Powerhouse” भनेर दशकौँदेखि स्थापित छन्। लोक सेवामा गुल्मी कहिल्यै पछि परेको छैन। सामान्य पास मात्र हुनु गुल्मेली हुनुको अर्थ रहँदैन। गुल्मीको पानीमै पनि बौद्धिकता, उत्कृष्टता र इमान्दारिता छ।
अब यो ७७ वटै जिल्लामध्ये रहेको अद्भुत क्षमतालाई हामीले देशको कायापलट गर्नुमा लगाउनु छ। अबका २५ वर्षमा विकासमा नेपालको व्यापक फड्को मार्नु छ। इतिहासमै पहिलो पटक ५ वर्ष एक प्रधानमन्त्री बनाउनु छ। कर्मचारीतन्त्रका समस्या समाधान गरी देशको काँचुली नै फेर्नु छ। डडेलधुराको बिउ “४० मुनिको प्रधानमन्त्री – बालेन” झापामा लगेर पुर्ण रुपमा हुर्काउनु छ। विश्व इतिहास रच्नु छ।
यो चुनावमा म ढुक्क छु, गुल्मीले छुट्टै इतिहास रच्ने छ। १६५ निर्वाचन क्षेत्रमा गुल्मी “मतान्तर प्रतिशतमा” ऐतिहासिक मतान्तरसहित नेपालकै प्रथम हुनेछ भन्ने कामना गरेको छु।
मेरो अनुरोध छ—जसरी गुजरातले पूरै भारतलाई कायापलट गरिरहेको छ, अब हजुरहरूको पालो हो। हजुरहरूले गुल्मीलाई देशभरि १६५ निर्वाचन क्षेत्रमा प्रथम बनाएर गुल्मेली करेन्ट नेपालभरि पठाउँदै गर्दा पाल्पा, अर्घाखाँची, स्याङ्जा, बागलुङ, प्युठानमा पनि सहयोग गर्नुहोला। अब गुल्मीले गुल्मी मात्र होइन, देश नै कायापलट गर्छ।
डडेलधुराका जनता: हजुरहरूलाई बोलेका कुरा कति पूरा गरेँ, त्यसको रिपोर्ट बुझाउन आउँछु। सुदूरपश्चिमका मुद्दा र मधेसका मुद्दा देशव्यापी रूपमा उठाउँछु। बिस्तृतमा डडेलधुरा आएर नै भन्नेछु।
नेपालको इतिहास र गुल्मीको छुट्टै इतिहास रच्न भोलि तम्घास, गुल्मीमा भेटौँ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया