काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आशिका तामाङलाई टिकट दिएको भन्दै लफडा भएको छ ।
रास्वपाले धादिङ क्षेत्र नं १ बाट तामाङलाई उम्मेदवार बनाएको हो । रास्वपा नेता गणेश पराजुलीले पार्टी कार्यालयमा आशिकालाई धादिङ क्षेत्र नं १ को टिकट थमाएका थिए । त्यहाँ पुगेका धादिङका रास्वपाका नेता कार्यकर्ताहले आशिकालाई बोकेर हिँड्न नसक्ने भन्दै आपत्ति जनाए ।
त्यहाँ उपस्थित रास्वपा थाँक्रे गाउँपालिकाका सभापतिले आफूहरुले राजनीतिमा धेरै दुख गरेको बताउँदै पार्टीले अन्याय गरेमा राजीनामा दिने चेतावनी समेत दिए । बनस्थलीस्थित पार्टी कार्यालयमा पुगेका उनीहरुले आशिकाकै अघि आफूहरुले सहयोग नगर्ने चेतावनी समेत दिए ।
‘म थाँक्रे गाउँपालिकाको सभापति, राजीनामा दिन परे पनि तयार छु । तपाईँ राम्रो मान्छे हो, नमस्कार गरिन्छ, तपाईंँले राम्रो काम गर्नु भा छ तर तपाईँले जुन होटलवालाहरुलाई भिडियो बनाउनु भएको छ, ती सब होटलवालाहरुले भोट हाल्ने हो कुरा बुझ्नुभएको छ ?,’ उनले प्रश्न गर्दै भने ।
केही नबोली आशिका पार्टी कार्यालय भवनभित्र प्रवेश गरेका छन् । तर आशिकाको तर्फबाट एक युवकले महिला भएका कारण हेप्न खोजिएको आरोप लगाएका छन् ।
‘राजनीतिमा लागेर टाउको फुटाएँ रे ! हामीसँग आँखा फुटाएको भाई छ । अब उसलाई दिने ?,’ उनले भने ।
जेनजी घाइते भएको बेलामा कोही नबोलेको भन्दै राजीनामाको धम्की नदिन समेत आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया