काठमाडौं महानगरीय प्रहरी बलको प्रमुख बने एसपी जोशी 

लोकपथ
287
Shares

काठमाडौं ।  काठमाडौं महानगरपालिका महानगर प्रहरी बलको कमान्ड एसपी विष्णुप्रसाद जोशीले पाएका छन् ।

यसअघिका प्रमुख एसएसपी राजुनाथ पाण्डेले राजीनामा दिएपछि वरिष्ठताको आधारमा जोशीले नगर प्रहरीको कमान्ड सम्हालेका हुन् ।   

जोशीले यसअघि काठमाडौं महानगरको विपद् व्यवस्थापन प्रमुख, मध्यक्षेत्र कमान्ड प्रमुख जस्ता पद सम्हालिसकेका छन् ।  उनले यसअघि तत्कालीन एसएसपी पाण्डेलाई प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले निलम्बन गर्दा पनि निमित्त भएर काम गरेका थिए । 

राजनीतिमा लाग्ने भन्दै काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) सँगै पाण्डेले पनि हिजोको मितिबाट लागू हुनेगरी राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत भएसँगै जोशीले आजबाट औपचारिक रूपमा नगर प्रहरी प्रमुखको पद सम्हालेका हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?