काठमाडौं– बागबजारस्थित दक्ष करिअर एकेडेमीले नेपाली सेनामा भर्ती भएका सि.सं. ६६ औं ब्याचका अफिसर क्याडेटको विदाई कार्यक्रम सम्पन्न गरेको छ । एकेडेमीले गत साता एक कार्यक्रमकाबीच अफिसर क्याडेटलाई विदाइ गरेको हो ।
यसपटकको ६६ औं बेसिक अधिकृत क्याडेट र छैठौं बेसिक स्नातक अधिकृत व्याचका १ सय ५५ अफिसर क्याडेट उत्तीर्ण भएका थिए । जसमा दक्ष करिअर एकेडेमीमा अध्ययन गरेको ७६ जनाले नाम निकाल्न सफल भएको अवकासप्राप्त प्रमुख सेनानी एवम् एकेडमीका सञ्चालक फत्य खड्काले जानकारी दिए । ‘सर्वोत्कृष्ट १० मध्ये ६ जना र महिलातर्फ समग्र नतिजामा द्धितीय स्थानमा हाम्रो नै एकेडेमीबाट पर्न सफल भएकोले हामीले ठूलो उपलब्धि मानेका छौँ,’खड्काले भने ।

लामो समयदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका लागि तयारी कक्षा सञ्चालन गर्दै आएको एकेडेमीमा अध्ययन गरेका सयौं उम्मेदवार यसअघि पनि सफल भइसकेको एकेडेमीले जनाएको छ ।
विदाई कार्यक्रममा नेपाली सेनाका अवकाशप्राप्त सहायक रथी डा.प्रेमसिंह बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै, नेपाली सेनाका सहायक रथी रामचन्द्र खत्री (अवकाशप्राप्त), सहायक रथी अजित थापा (अवकाशप्राप्त), प्रमुख सेनानी सन्तोष जी जंग ठाकुर (अवकाशप्राप्त) लगायत विशेष अतिथिका रूपमा रहेका थिए ।
संस्थाका संस्थापक अध्यक्ष किरण राणाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि डा. बस्नेतले नेपाली सेना विश्वले सम्मान गर्ने अनि नेपालीले गर्व गर्ने संस्थाका रूपमास्थापित रहेको बताए । नेपाली सेनाको ६६ औं ब्याचको अफिसर क्याडेटमा भर्ती हुन सफल भएका उम्मेदवारह?लाई बधाई तथा शुभकामना दिँदै उनले भने, ‘यो देशको महारथी हुने तपाईंह? नै हो तर जहाँ पुगेपनि दक्ष करिअर एकेडेमीलाई भने कहिल्यै नभुल्नु ।’
बजारमा जीटीओ, टीओ, आइओको तयारी कक्षा गराउने भन्दै खुलेका थुप्रै संस्था खुलेपनि दक्षमा भने सबै विषयमा तालिमप्राप्त प्रशिक्षकहरू रहेको उनले बताए । ‘दक्षमात्र एउटा त्यस्तो ठाउँ हो जहाँ तालिमप्राप्त प्रशिक्षकहरूद्वारा उम्मेदवारहरूलाई प्रशिक्षित गराइन्छ भन्ने मलाई राम्रोसँग जानकारी छ,’ उनले भने ।

त्यस्तै, कार्यक्रमका विशेष अतिथि सहायक रथी रामचन्द्र खत्री ९अवकाशप्राप्त०ले पनि सफल उम्मेदवारहरूलाई बधाई तथा शुभकामना दिएका थिए । कार्यक्रममा बोल्नेक्रममा उनले नेपाली सेनाले छनोट प्रक्रियामा लिने गुणमापक परीक्षा लोकसेवाले समेत अबलम्बन गर्नुपर्ने बताए । नेपाली सेनाले आफ्नो संस्थामा भर्ती हुनका लागि कुनै मानिस शारिरीक, मानसिक र चारीत्रिक ?पमा सक्षम छ कि छैन भन्ने जाँच गर्नका लागि गुणमापक परीक्षा लिन्छ,’ उनले भने, ‘यदि सबै कुरामा फिट भएको नागरिकलाई मात्र राष्ट्रसेवक कर्मचारी भर्ती गर्ने हो भने सबै तहका कर्मचारी भर्ना प्रक्रियामा लोकसेवाले अविलम्ब गुणमापक परीक्षालाई लागू गर्नुपर्छ ।’
अवकाशप्राप्त सहायक रथी खत्री ‘क्याडेट क्याप्सुल’ पुस्तकका लेखकसमेत हुन । जो पुस्तक अफिसर क्याडेटको तयारी गरिरहेका उम्मेदवारह?का लागि निकै उपयोगी हुने खत्रीको भनाई छ ।त्यस्तै, कार्यक्रममा सहायक रथी अजित थापा (अवकाशप्राप्त)ले पनि सफल उम्मेदवारह?लाई बधाई तथा शुभकामना दिएका थिए ।

सि.सं ६५ औँ ब्याचमा दक्षबाटै ८६ जना अधिकृत क्याडेट उत्र्तीर्ण भएका थिए । त्यस्तै, कार्यक्रमका सभापति प्रमुख सेनानी किरण राणा (अवकाशप्राप्त)ले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिँदै यो सफलतालाई जोगाइराख्न दक्षले मेहेनत गरि राख्ने बताए । ‘हामीले आज जुन नतिजा हात पारेका छौं भोलिका दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्दछु,’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया