गोरखा–२ बाट अबको चुनाव लड्ने बाबुरामको घोषणा

लोकपथ
427
Shares
फाइल तस्बिर

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आगामी फागुन २१ को निर्वाचनमा गोरखा–२ बाट उम्मेदवारी दिने भएका छन् ।

डा. भट्टराईले सामाजिक सञ्जालमा लेख्दै आफू गोरखा–२ बाट उम्मेदवार बन्ने बताएका हुन् ।

उनले देशको अन्योलपूर्ण राजनीतिक अवस्थाले सिर्जना गरेको राष्ट्रिय दायित्वबोधलाई ध्यान दिँदै आफू उम्मेदवार बन्न लागेको बताए ।

‘गोरखा–२ का पार्टीका साथीहरू, आम मतदाता, अन्य दलभित्रका समेत शुभचिन्तकहरूको जोडबल र देशको अन्योलपूर्ण राजनीतिक अवस्थाले सिर्जना गरेको राष्ट्रिय दायित्वबोधलाई ध्यान दिंदै आगामी आम निर्वाचनमा गोरखा–२ बाट प्रगतिशील लोकतान्त्रिक पार्टीको चुनावचिन्ह ुखुलेको आँखाु लिएर उम्मेदवारी दिने निर्णयमा पुगेको छु । सबैबाट सहयोग र सद्भावको अपेक्षा गर्दछु,’ उनले भनेका छन् ।

त्यसो त ०६४ सालको निर्वाचनमा सोही क्षेत्रबाट निरन्तर जित्दै आएका डा. भट्टराई गत निर्वाचनमा भने निर्वाचन् लडेनन् । उनले १० वर्षे सशस्त्र द्वन्द्वका सारथी समेत रहेका तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आफ्नो क्षेत्र छाडेका थिए । प्रचण्ड सो क्षेत्रबाट निर्वाचित भए पनि केही समयमा नै प्रचण्ड–बाबुरामबिच मनमुटाव सुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?