बालेनपछि हर्कले पनि दिए राजीनामा

लोकपथ
182
Shares

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) ले राजीनामा दिएका छन् ।

आइतबार हर्कले उपप्रमुख अईन्द्र विक्रम बेघालाई राजीनामा बुझाएका हुन् ।

उनले आगामी फागुन २१ को निर्वाचनमा आफू प्रतिनिधि सभाको उम्मेदवार बन्ने भन्दै राजीनामा बुझाएका हुन् ।

‘उपरोक्त सम्बन्धमा यही मिति २०८२–११–२१ गते हुन गइरहेको प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारी दिनका लागि संविधानको धारा २१६ को उपधारा ८ (क) बमोजिम नगरप्रमुखको पदबाट राजीनामा दिएको छु,’ उनले भनेका छन् ।

त्यसो त उनले यसअघि नै आफ्नै नेतृत्वमा श्रम संस्कृति पार्टी समेत खोलेका छन् । हर्कले गृहजिल्ला सुनसरीसहित पूर्वका विभिन्न जिल्लाहरुमा चुनावी प्रचारप्रसारलाई तीव्र बनाएका छन् ।

यता आज नै काठमाडौं महानगरपालिकाको मेयरबाट बालेन्द्र शाह (बालेन) ले राजीनामा दिएका छन् । बालेन झापा क्षेत्र नं ५ मा रास्वपाबाट उम्मेदवार बन्ने तयारीका साथ राजीनामा दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?