काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल रुपन्देही क्षेत्र नं २ बाटै आगामी चुनाव लड्ने भएका छन् ।
शनिबार बसेको एमाले सचिवालय बैठकले पौडेललाई पाल्पा क्षेत्र नं २ बाट उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर रुपदेन्हीका नेता कार्यकर्ताहरुले आफ्नै क्षेत्रबाट चुनाव लड्न आग्रह गरेपछि पौडेल आफ्नै क्षेत्रबाट उम्मेदवार बनेका हुन् ।
त्यसो एमालेले ठाकुर गैरेले यसअघि जितेको क्षेत्र पाल्पा क्षेत्र नं २ मा पौडेल गएको भन्दै आलोचना भएको थियो । एमालेको ११औँ महाधिवेशनमा ईश्वर पोखरेल प्यालनमा लागेको भन्दै अध्यक्ष केपी शर्मा ओलीले गैरेको ठाउँमा पौडेललाई उम्मेदवार बनाएका थिए ।
यता खाली राखिएको रुपन्देही क्षेत्र नं १ मा भने दधिराम न्यौपानेलाई उम्मेदवार बनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया