पहिलोपटक घण्टीघर पुगे बालेन, आजै जनकपुर जाने

लोकपथ
252
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ पार्टी केन्द्रीय कार्यालय बनस्थली पुगेका छन् ।

आइतबार दिउँसो (केहीबेरअघि) बालेन बनस्थलीस्थित घण्टीघर पुगेका हुन् ।

पुसको दोस्रो साता नै बालेन र रास्वपाबिच ७ बुँदे सहमति भएर अघि बढ्ने सम्झौता भए पनि बालेन हालसम्म पार्टी कार्यालय पुगेका थिएनन् । बालेन पहिलोपटक घण्टीघर पुगेका हुन् ।

त्यसो त बालेनले महानगरको प्रमुखबाट समेत राजीनामा दिएका छन् । उनले उपप्रमुख सुनिता डंगोललाई राजीनामा बुझाएका हुन् ।

बालेन माघ ५ गते (भोलि) बाट रास्वपाको चुनावी अभियानमा होमिँदैछन् ।

रास्वपा सभापति रवि लामिछानेसहित केही नेताहरु आजै साँझ जनकपुर जाँदैछन् । त्यसअघि आज चुनाव केन्द्रीय समिति बैठक बसेर रास्वपा निर्वाचन केन्द्रित हुन लागेको हो । बालेन पुगेपछि केन्द्रीय समिति बैठक बस्नेछ ।

झापा क्षेत्र नं ५ बाट उम्मेदवारी दिने तयारीमा रहेका बालेन त्यसतर्फ प्रस्थान गर्नुअघि रास्वपा केन्द्रीय कार्यालय पुगेका हुन् ।

झापा–५ बाट निरन्तर जित्दै आइरहेका पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको क्षेत्रबाट बालेन उम्मेदवार बन्ने तयारी गरेका हुन् ।

माघ ६ गते उम्मेदवारी दर्ता गर्ने मिति यसअघि नै तोकिएको छ । त्यसो त बालेन झापा–५ मा जाने भएसँगै रास्वपाले तयारी तीव्र पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?