स्वास्थ्य बीमा बोर्डका निर्देशक डा.रघुराज काफ्लेले दिए राजीनामा

लोकपथ
203
Shares

काठमाडौं । स्वास्थ्य बीमा बोर्डका निर्देशक डा.रघुराज काफ्लेले पदबाट राजीनामा दिएका छन् ।

स्वास्थ्य बीमा भुक्तानीको दायित्व बढ्दै जाँदा बोर्ड चर्को दबाबमा परेको अवस्थामा काफ्लेको राजीनामा आएको हो ।

काफ्लेले स्वास्थ्य मन्त्रालयमार्फत् प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका हुन् । 

बोर्डले समयमै भुक्तानी गर्न नसक्दा सेवा प्रदायक स्वास्थ्य संस्थाहरू असन्तुष्ट बन्दै गएका थिए ।

तत्कालीन स्वास्थ्य मन्त्री प्रदीप पौडेलको कार्यकालमा तनहुँ निवासी काफ्ले स्वास्थ्य बीमा बोर्डको निर्देशकमा नियुक्त भएका थिए । 

पछिल्लो समय आर्थिक अभावका कारण बीमा कार्यक्रम सञ्चालनमा गम्भीर समस्या देखिँदै आएको छ ।

यसैबिच, ठुला सरकारी अस्पतालहरूले सूचना जारी गर्दै स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्ने घोषणा गरिसकेका छन् भने केही अस्पतालहरू बन्द गर्ने तयारीमा रहेको जनाएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?