काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत पुगेको छ । थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा पक्ष सर्वोच्च अदालत पुगेको हो ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्का, विमलेन्द्र निधिलगायतका नेताहरू आयोगको निर्णयविरुद्ध अन्तरिम आदेश माग्दै सर्वोच्च गएका हुन् । अधिवक्ता लक्ष्मी दाहाल रावलका अनुसार रिट निवेदन दर्ता हुने प्रक्रियामा रहेको छ ।
उनका अनुसार विशेष महाधिवेशन पक्षधरले विधि विधानविपरीत महाधिवेशन बोलाएर नयाँ कार्यसमिति चयन गरेकाले सो महाधिवेशन अवैधानिक करार गर्न माग गरिएको छ ।
काठमाडौंको भृकुटीमण्डपमा पुस २७ देखि ३० सम्म चलेको विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति निर्वाचित भएको थियो ।
सोअनुसार निर्वाचन आयोगले दल दर्ता किताबमा कांग्रेसको विवरण अध्यावधिक गर्ने निर्णय गरेको थियो ।
देउवा पक्षको शनिबार बसेको बैठकले आयोगको निर्णयविरुद्ध सर्वोच्च जाने निर्णय गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया