भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–३ तेर्सेटामा शुक्रबार राति छोराले आफ्नै आमाको हत्या गरेका छन् ।
२७ वर्षीय प्रविण भण्डारीले धारिलो हतियार प्रयोग गरी आमा ५० वर्षीया सरिताको हत्या गरेका हुन् ।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक प्रकाश जबेगुका अनुसार, धनुषाको मिथिला नगरपालिका–११ घर भएका उनीहरु तेर्सेटारमामा डेरामा बस्दै आएका थिए ।
छोराको आक्रमणबाट गम्भीर घाइते भएकी सरिताको उपचारका क्रममा भक्तपुर इन्टरनेशनल अस्पतालमा मृत्यु भएको डीएसपी जबेगुले बताए ।
भण्डारीले पनि आफ्नै टाउकोमा धारिलो हतियारले हानेको र उनी पनि घाइते भएको प्रहरीले जनाएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया