काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा उपसभापति निर्वाचित भएपछि पार्टीमा परिवर्तनका लागि गगन थापालाई कमान्डर बनाएको घोषणा गरेका छन् ।
उपसभापति शर्माले सम्बोधन गर्दै भने, ‘कांग्रेसलाई बदल्न गगन थापालाई हामीले कमान्डर बनाएका छौँ । कुनै पनि युद्धमा विजय हासिल गर्नका लागि कमान्डर दरिलो ढंगले उभिँदै गर्दा पूरै सेना पनि उही तयारी र मनोविज्ञानका साथ उभिनुपर्छ ।’
उनले यो पनि स्पष्ट पारे कि पार्टीमा भएको फरक मत र आपसी विमतिको बिचबाट विधिको माध्यमबाट नयाँ नेतृत्व चयन गरिएको हो । ‘जे भइरहेको छ फरक मत, आपसी विमतिको बिचबाट, विधिको माध्यमबाट नयाँ नेतृत्व चयन गरिरहेका छौँ,‘उनले भने।
उपसभापति शर्माले भने, ‘देश संविधानले चल्ने र पार्टी विधानले चल्ने हो । यदि यी नचल्छन् भने देश र पार्टी दुवैमा बेथिति हुने अवस्था सिर्जना हुन्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया