कांग्रेसको सभापति बने गगन थापा

लोकपथ
1.2k
Shares

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापा सभापति चयन भएका छन् ।

आइतबारबाट सुरु भएको दोस्रो विशेष महाधिवेशनले सर्वसम्मत रुपमा गगन थापालाई सभापति बनाएको हो ।

विशेष महाधिवेशनको निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले केही बेरमा उक्त नामावली घोषणा गर्नेछन् ।

सभापतिमा गगनको मात्रै नाम परेकाले उनी सर्वसम्मत सभापति बनेका हुन् ।

त्यसो त कांग्रेसको संस्थापन समितिले आजै महामन्त्रीबाट गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई कारबाही गरेको थियो ।

त्यस्तै कांग्रेस उपसभापतिम विश्वप्रकाश शर्मा र पुष्पा भुसाल चयन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?