काठमाडौं । वरिष्ठ अधिवक्ता यदुनाथ खनालले कांग्रेसले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को व्यवस्था विपरित महामन्त्रीहरु र सहमहामन्त्रीलाई कारबाही गरेको दाबी गरेका छन् ।
आज बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मासहित सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको थियो ।
त्यसबारे विशेष महाधिवेशन पक्षधरले गरेको पत्रकार सम्मेलनमा बोल्दै डीएलएका पूर्व अध्यक्ष समेत रहेका वरिष्ठ अधिवक्ता खनालले सो कुरा बताएका हुन् ।
उनले राजनीतिक दलसम्बन्धी ऐनले कसैलाई कारबाही गरिए त्यसको सफाइ पेश गर्न समय दिनुपर्ने भए पनि सफाइको कुनै कुरै नगरिकन गरिएको कारबाही मान्य नहुने दाबी गरे ।
‘यो कारबाही राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को व्यवस्था विपरित छ । उक्त ऐनका दफा १८ को २ मा कसैमाथि कारबाही गरिए सफाइको मौका दिनुपर्छ भनिएको छ । तर त्यो मौका नै नदिई संविधानको व्यवस्था विपरित गरिएको कारबाही मान्य हुँदैन,’ उनले भने ।
त्यस्तै उनले कांग्रेसको विधान अनुसार महामन्त्रीहरुले विशेष महाधिवेशन बोलाउने वैधानिक अधिकार रहेको भन्दै कारबाही गर्ने अधिकार केन्द्रीय समितिलाई नभएको दाबी गरे । त्यस्तै विधानको व्यवस्था अनुसार महाधिवेशन प्रतिनिधिहरुको माग बमोजिम विशेष महाधिवेशन नबोलाउने संस्थापनमाथि बरु कारबाही हुननसक्ने उनको तर्क छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया