भैरहवाबाट काठमाडौं उड्न लागेको जहाजको यात्रुले आपतकालीन ढोका खोलेपछि…

लोकपथ
224
Shares
फाइल तस्बिर

काठमाडौं । भैरहवाबाट काठमाडौं उडान भर्न लागेको बुद्ध एयरको जहाजमा एकजना यात्रुले आपतकालीन ढोका खोलेपछि उडान ढिलो भएको छ । उडान भर्ने तयारीमा रहेका बेला यात्रु सुमन गौतमले आपतकालीन ढोका खोलेपछि उडान रोकिएको थियो ।

गौतमलाई तत्कालै विमानस्थल सुरक्षाकर्मीको जिम्मा लगाइएको बुद्ध एयरले जनाएको छ ।

बुद्ध एयरले एक सूचना प्रकाशित गर्दै भनेको छ,’यात्रुले आपत्कालीन ढोका खोल्दा उडान ढिला ! आज भैरहवाबाट काठमाडौंका लागि उडान भर्ने तयारीमा रहेको बुद्ध एयरको उडान नं. 852 (जहाज 9N-AMD) मा यात्रु सुमन गौतमले अनाधिकृत रूपमा आपतकालीन ढोका (Emergency Door) खोलेका कारण उक्त उडान ढिलो हुन गएको जानकारी गराउँदछौं ।’ 

उक्त कार्यमा संलग्न यात्रुलाई तत्कालै विमानस्थल सुरक्षाकर्मीको जिम्मा लगाइएको छ । हवाई सुरक्षा मापदण्डअनुसार, जहाजको विस्तृत प्राविधिक परीक्षणका लागि काठमाडौंबाट प्राविधिक टोली (Technical Team) भैरहवा प्रस्थान गरिसकेको छ । पूर्ण परीक्षण र सुरक्षा सुनिश्चित भएपछि मात्र जहाजले उडान भर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?