माघका लागि १२ वटा वाणिज्य बैंकले थप घटाए ब्याजदर 

लोकपथ
378
Shares

काठमाडौं । माघ महिनाका लागि १२ वटा वाणिज्य बैंकले ब्याजदर थप घटाएका छन् । सञ्चालनमा रहेका २० मध्ये १२ वाणिज्य बैंकले पुसको तुलनामा माघमा निक्षेपको ब्याजदर घटाएका हुन् ।

यस्तै, ७ वटा वाणिज्य बैंकले व्यक्तिगत निक्षेपमा दिने अधिकतम ब्याजदर स्थिर राख्दा एउटा बैंकले भने ब्याजदर वृद्धि गरेको छ । प्राइम कमर्सियल बैंकले ब्याजदर बढाएको हो । प्राइमले ४.२५ प्रतिशतबाट बढाएर ब्याजदर ४.४० प्रतिशत पु-याएको छ ।  

पुस महिनाका लागि व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर ५.५५ प्रतिशत रहेकोमा माघमा भने अधिकतम ५.५० प्रतिशत रहेको छ । 

यस्तै, पुसमा औसत ब्याजदर ४.८५ प्रतिशत रहेकोमा माघमा ब्याजदर घटेर औसत ४.७० प्रतिशत रहेको छ । 

अहिले सबैभन्दा धेरै ब्याज ग्लोबल आइएमई बैंकले दिएको छ । यो बैंकले सर्वसाधारणलाई ५.५० प्रतिशत ब्याज दिँदा स्ट्याण्डर्ड चार्टर्ड बैंकले भने सबैभन्दा कम ४.३६ प्रतिशत मात्रै ब्याजदर दिने छ । 

बैंकहरूसँग कर्जा लगानीयोग्य रकम उच्च भएपछि बैंकहरूको ब्याजदर घटिरहेको छ । हाल बैंकहरूसँग करिब ११ खर्ब रुपैयाँभन्दा धेरै कर्जा दिन मिल्ने रकम रहेको छ । कर्जा नजाँदा पछिल्लो समय बैंकहरूले ३ प्रतिशत र २.६७ प्रतिशत ब्याजदरमा राष्ट्र बैंकमा लगेर पैसा राखिरहेका छन् ।

बैंकमाघको लागि ब्याजदर (प्रतिशत)पुसको लागि ब्याजदर (प्रतिशत)
कृषि विकास४.४०४.५५
एभरेष्ट४.४०४. ७५
नेपाल५.१५.१
लक्ष्मी सनसाइज४.५४. ७५
माछापुच्छ्रे४.५५
एनआइसीएसिया५५
प्रभु४.५५४.५५
स्ट्याण्डर्डचार्टर्ड४.३६४.६
राष्ट्रिय वाणिज्य५५
नबिल४.५५४.५५
ग्लोबलआइएमई५.५५.५५
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक५५
सिद्धार्थ४.५ ५५
प्राइम कमर्सियल४.४४.२५
कुमारी४.४३४.५३
सानिमा४.५५४. ७५
हिमालयन५५.५
नेपाल एसबिआई४.४४.५ ५
एनएमबी५५
सिटिजन्स४.५४.७५
औसत४.७४. ८५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?