काठमाडौं । माघ महिनाका लागि १२ वटा वाणिज्य बैंकले ब्याजदर थप घटाएका छन् । सञ्चालनमा रहेका २० मध्ये १२ वाणिज्य बैंकले पुसको तुलनामा माघमा निक्षेपको ब्याजदर घटाएका हुन् ।
यस्तै, ७ वटा वाणिज्य बैंकले व्यक्तिगत निक्षेपमा दिने अधिकतम ब्याजदर स्थिर राख्दा एउटा बैंकले भने ब्याजदर वृद्धि गरेको छ । प्राइम कमर्सियल बैंकले ब्याजदर बढाएको हो । प्राइमले ४.२५ प्रतिशतबाट बढाएर ब्याजदर ४.४० प्रतिशत पु-याएको छ ।
पुस महिनाका लागि व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर ५.५५ प्रतिशत रहेकोमा माघमा भने अधिकतम ५.५० प्रतिशत रहेको छ ।
यस्तै, पुसमा औसत ब्याजदर ४.८५ प्रतिशत रहेकोमा माघमा ब्याजदर घटेर औसत ४.७० प्रतिशत रहेको छ ।
अहिले सबैभन्दा धेरै ब्याज ग्लोबल आइएमई बैंकले दिएको छ । यो बैंकले सर्वसाधारणलाई ५.५० प्रतिशत ब्याज दिँदा स्ट्याण्डर्ड चार्टर्ड बैंकले भने सबैभन्दा कम ४.३६ प्रतिशत मात्रै ब्याजदर दिने छ ।
बैंकहरूसँग कर्जा लगानीयोग्य रकम उच्च भएपछि बैंकहरूको ब्याजदर घटिरहेको छ । हाल बैंकहरूसँग करिब ११ खर्ब रुपैयाँभन्दा धेरै कर्जा दिन मिल्ने रकम रहेको छ । कर्जा नजाँदा पछिल्लो समय बैंकहरूले ३ प्रतिशत र २.६७ प्रतिशत ब्याजदरमा राष्ट्र बैंकमा लगेर पैसा राखिरहेका छन् ।
| बैंक | माघको लागि ब्याजदर (प्रतिशत) | पुसको लागि ब्याजदर (प्रतिशत) |
| कृषि विकास | ४.४० | ४.५५ |
| एभरेष्ट | ४.४० | ४. ७५ |
| नेपाल | ५.१ | ५.१ |
| लक्ष्मी सनसाइज | ४.५ | ४. ७५ |
| माछापुच्छ्रे | ४.५ | ५ |
| एनआइसीएसिया | ५ | ५ |
| प्रभु | ४.५५ | ४.५५ |
| स्ट्याण्डर्डचार्टर्ड | ४.३६ | ४.६ |
| राष्ट्रिय वाणिज्य | ५ | ५ |
| नबिल | ४.५५ | ४.५५ |
| ग्लोबलआइएमई | ५.५ | ५.५५ |
| नेपाल इन्भेष्टमेन्ट मेगा बैंक | ५ | ५ |
| सिद्धार्थ | ४.५ ५ | ५ |
| प्राइम कमर्सियल | ४.४ | ४.२५ |
| कुमारी | ४.४३ | ४.५३ |
| सानिमा | ४.५५ | ४. ७५ |
| हिमालयन | ५ | ५.५ |
| नेपाल एसबिआई | ४.४ | ४.५ ५ |
| एनएमबी | ५ | ५ |
| सिटिजन्स | ४.५ | ४.७५ |
| औसत | ४.७ | ४. ८५ |
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया