महामन्त्रीद्वय गगन–विश्वसँग छलफलमा देउवा

लोकपथ
448
Shares

काठमाडौं ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माबिच भेटवार्ता जारी छ ।

यसअघि दुवै पक्षका वार्ता टोलीबिच भएको छलफल निष्कर्षविहीन रूपमा टुंगिएपछि पुनः वार्ताको निर्णय गरिएको हो । 

संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधरबिच सहमति नआएपछि महामन्त्रीद्वयले सभापतिसँग व्यक्तिगत रूपमा छलफल गरेका हुन् ।

यस भेटवार्ताले पार्टीभित्रको विवाद समाधान गर्न र सहकार्यको नयाँ दिशा तय गर्न सक्ने अपेक्षा गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?