काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्व प्रकाश शर्माको प्रतिवेदन पारित भएको छ ।
महामन्त्रीद्वयले सोमबारबाट सुरु भएको बन्दसत्रमा छुट्टाछुट्टै दुईवटा प्रतिवेदन पेश गरेका थिए ।
दुई दिन उक्त प्रतिवेदनहरूमाथि समूहगत छलफल भएर टोली नेताले निष्कर्ष सुनाएका थिए । लगत्तै आजै बन्दसत्रबाट उक्त प्रतिवेदनहरू पारित भएका हुन् ।
महामन्त्री थापाले समसामयिक राजनीतिक प्रतिवेदन पेश गरेका थिए भने महामन्त्री शर्माले सांगठानिक प्रतिवेदन पेश गरेका थिए ।
त्यस्तै भोलिबाट नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया सुरु हुने समेत निर्वाचन आयोजक समितिले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया