पत्रकार अर्जुन पन्त प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार सिफारिस

लोकपथ
0
Shares

काठमाडौं । पत्रकार अर्जुन पन्त गोरखाबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार सिफारिस भएका छन् ।

प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उनको नाम सिफारिस भएको हो ।

शनिबार बसेको जिल्ला कार्यसमिति बैठकले पन्तलाई गोरखा १ बाट उम्मेदवार सिफारिस गर्ने निर्णय गरिएको पार्टीले जनाएको छ ।

गोरखा फुजेलका पन्त नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य हुन्, लामो समयदेखि राजनीति अभियानमा पनि सक्रिय छन् । उनीसहित गोरखा १ बाट ५ जनाको नाम सिफारिस भएको छ ।

पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई, नेताहरू शारदा प्रसाद धिताल, बाबुराम नेपाली र साधुराम नेपाली पनि यसै निर्वाचन क्षेत्रबाट सिफारिस भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?