भारतको हिमाचल प्रदेशमा ग्यास विस्फोट हुँदा ९ जना नेपालीको मृत्यु, मृतक सबै सल्यानका

लोकपथ
70
Shares

काठमाडौं । भारतको हिमाचल प्रदेशको सोलान जिल्लामा ग्यास विस्फोट हुँदा ९ जना नेपालीको मृत्यु भएको छ । 

मृत्यु हुनेहरूमा सल्यानस्थित सिद्ध कुमाल गाउँपालिकाका स्थायी बासिन्दा रहेका छन् । उनीहरू रोजगारीको सिलसिलामा भारतको हिमाचल प्रदेशको सोलान जिल्लाको अर्की बजारमा काम गर्दैका थिए ।

मृत्यु हुनेमा धनबहादुर विक, कविता विक, राधा विक, रेनुका विक राजन विक, काशीराम कामी, अनु विक, टिका विक र किरण विक छन् । 

सिद्ध कुमाल गाउँपालिकाको वडा नम्बर २ का वडाध्यक्ष मेकबहादुर बुढाथोकीका अनुसार, उनीहरूको पुस २७ गते नै आगलागीमा परेर मृत्यु भएतापनि पहिचान खुल्न सकेको थिएन । 

९ जनाको निधनको शोकमा आज २ नम्बर वडा कार्यालय, वडाभित्र पर्ने सामुदायिक विद्यालय तथा सरकारी कार्यालयमा  शोक बिदा दिइएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानले घटनाबारे आफूहरूले सूचना पाएको र यसबारेमा सत्य तथ्य जानकारी लिन मृतकको घरमा प्रहरी टोली पुगेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?