काठमाडौं । नेपाल प्रहरीका १६ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुलाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस भएका छन् ।
सोमबार बसेको बढुवा समितिको बैठकले १६ डीएसपीहरुलाई एसपीमा बढुवाका लागि सिफारिस गरेको हो ।
जसमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय आन्तरिक टर्मिनल भैरहवा, रुपन्देहीमा कार्यरत पुष्पराज मल्ल, मानव बेचबिखन ब्यूरो पिलर १ नेपाल भारत र अंग तस्करीमा कार्यरत धर्मराज भण्डारी लगायत रहेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया