काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनले अब जो कोही २ पटक भन्दा बढी प्रधानमन्त्री बन्न नपाउने प्रस्ताव अघि सारेको छ ।
जारी विशेष महाधिवेशनको बन्दसत्रमा महामन्त्री विश्वप्रकाश शर्माले विगतका गल्ती सच्याउने संकल्प गर्दै सो प्रस्ताव राखेका हुन् ।
निर्वाचन हुने, नयाँ सरकार बन्ने र त्यसमा पुरानै अनुहार हुँदा आम नागरिकमा वितृष्णा बढिरहेको भन्दै दुई कार्यकाल भन्दा बढी प्रधानमन्त्री बन्न नपाउने प्रस्ताव अघि सारिएको हो ।
उक्त प्रस्तावलाई पार्टीमा कार्यान्वयन गर्ने र सबै पार्टीमा लागू गर्न संविधानमै व्यवस्था गर्ने गरी अघि बढ्न कांग्रेसले अग्रसरता लिने समेत बताइएको छ ।
‘चुनाव हुने, नयाँ सरकार बन्ने तर प्रधानमन्त्री पुरानै हुने, डेढ दशक यता हामीले निरन्तर यो अभ्यास गर्दै आयौँ । यसले एकातर्फ नागरिकमा असन्तुष्टि बढायो, नेतृत्वलाई अलोकप्रिय बनायो, अर्कातर्फ सार्थक परिणाम पनि दिन सकेन । विगतको गल्ती सच्याउँदै यो विशेष महाधिवेशन उद्घोष गर्दछ नेपाली कांग्रेसको तर्फबाट भविष्यमा कोही पनि दुई पटक भन्दा बढी प्रधानमन्त्री बन्ने छैनन् । दुई पटक मात्रै प्रधानमन्त्रीको यो नीतिलाई नेपालको संविधानमा लिपिबद्ध गर्न नेपाली कांग्रेसले अग्रसरता लिनेछ, ’प्रस्तावमा भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया