पार्टी विभाजन हुन नदिन लागिपरेका छौँ : दिलेन्द्रप्रसाद बडू

लोकपथ
140
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले पार्टी विभाजन हुन नदिन आफूहरू सक्रिय रहेको बताएका छन् । आज बिहान डा.शेखर कोइराला पक्षधरहरूको भेलापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

बडूले सबैको प्रमुख चिन्ता पार्टी विभाजन नहोस् भन्ने रहेको बताए । उनले भने, ‘महामन्त्री र संस्थापन पक्षधरहरूसँग छलफल गरेर आफूहरू अघि बढ्ने निर्णयमा पुगेका छन् ।’ पार्टीमा आवश्यक सुधार र पुस्तान्तरणको विषयमा पनि मुद्दा उठाइरहेको जानकारी दिएका छन् ।

उनले भने, ‘हाम्रो कामले पार्टी विभाजित नहोस् भन्ने हो । हामी दुवै पक्षसँग छलफल गरेर विवादरहित ढंगले अघि बढ्न सुझाव दिएका छौँ। डा.शेखर कोइरालाले दुवै पक्षका नेताहरूसँग संवाद गरेर पार्टीलाई विभाजनको जोखिमबाट बचाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?