भदौ २३ र २४ को आन्दोलनबारे जेनजीले आत्मसमीक्षा गर्नुपर्छ : विश्वप्रकाश शर्मा

लोकपथ
42
Shares
बन्दसत्रमा प्रस्ताव पेस गर्दै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भदौ २३ र २४ गते भएका घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाही हुनुपर्ने बताएका छन् । 

भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्द सत्रमा प्रतिवेदन पेस गर्दै उनले यस्तो बताएका हुन् । 

 शर्माले भने, ‘कसैले २४ गतेको आगजनी मात्र बोल्ने, कसैले २३ गतेको युवा मारिएपछि भएको घटनालाई मात्र सम्झने प्रवृत्तिले फेरि देशलाई द्वन्द्वमा धकेल्न सक्छ। त्यसैले दुवै घटनाको इमानदार अनुसन्धान र कारबाहीमा हामी सबै प्रतिबद्ध हुनुपर्छ ।’

त्यस्तै, २४ गते राष्ट्रव्यापी रूपमा भएको ध्वंसको घटनालाई अलग छुट्याएर निष्पक्ष छानबिन गर्नुपर्ने, दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने पनि प्रतिवेदनमा उल्लेख छ । शर्मा भन्छन्, ‘यसरी मात्रै भविष्यमा यस्तो घटनाको दाग हामीमाथि नपरोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?