काठमाडौं । एतिहासिक र कठिन मोडमा उभिएको कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्र जारी छ ।
काठमाडौंको भृकुटीमण्डपमा जारी बन्दसत्रमा महामन्त्री विश्वप्रकाश शर्माले ‘बदलिएको देश–बदल्नुपर्ने कांग्रेस । सद्भाव, सुशासन र समुन्नतिको नवीन यात्रा’ नारासहितको प्रस्ताव राखेका हुन् ।
उनले पार्टीको पुरानो पुस्ताबाट आम नागरिक र पार्टीमा आस्था राख्नेहरुमा निराशा ल्याएको भन्दै त्यसलाई चिर्न विशेष महाधिवेशन गरिएको स्पष्ट पारेका छन् । साथै कांग्रेसलाई नवीन रुपमा अघि बढाउन रोडम्याप समेत विशेष महाधिवेशनले तय गर्ने उल्लेख गरिएको छ ।
‘आशा टुट्यो र निराशा झ्याङ्गियो भने देश बन्दैन । थकित र निराश व्यक्तिले परिवार चलाउन सक्दैन । इँटा र रडले भन्दा पारिवारिक प्रेम र विश्वासले बलियो हुन्छ घर । संरचनाको व्यापकताले होइन, त्यसमा भरिएको उर्जाले बलियो हुन्छ संस्था । हामीसँग संरचना व्यापक बनेृका छन्, तीनमा बदलिएको चुनौती सामना गर्ने प्राण भर्ने संकल्प विशेष महाधिवेशन गर्नुछ,’ महामन्त्री शर्माले राखेको प्रस्तावमा भनिएको छ ।
त्यस्तै आजै बन्दसत्रमा सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति भंग गरी नयाँ नेतृत्व चयन गर्ने घोषणा समेत गरेको छ ।
त्यस्तै बन्दसत्रको हलले पारित गरेको कार्यविधिमा पार्टीबाट २ पटक भन्दा बढी समय प्रधानमन्त्री बन्न नपाउने प्रस्ताव गरिएको छ ।
यस्तो छ प्रस्ताव :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया