काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले समयअनुकूल पार्टीलाई रूपान्तरण गर्न विशेष महाधिवेशन आवश्यक भएको बताएका छन् ।
काठमाडौंमा सुरु भएको नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री शर्माले बदलिँदो समयसँगै कांग्रेसले पनि आफूलाई परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याए ।
उनले कांग्रेसले विगतमा देशको समयलाई आफ्नो अनुकूल बनाएको स्मरण गर्दै अहिले भने बदलिएको समयअनुकूल पार्टीलाई अघि बढाउनुपर्ने अवस्था आएको बताए ।
महामन्त्री शर्माले भने, ‘देशको समयलाई कुनै बेला कांग्रेसले आफूअनुकूल बदलेको थियो, आज बदलिएको समयअनुकूल कांग्रेसले आफूलाई बदल्नु छ । त्यसका लागि हामी विशेष महाधिवेशनको मैदानमा खडा भएका छौँ ।’
उनका अनुसार विशेष महाधिवेशनले पार्टीको संरचना, कार्यशैली र नेतृत्वलाई नयाँ ढंगले परिमार्जन गर्ने अवसर प्रदान गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया