काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा युवालाई प्राथमिकतामा राखेर उम्मेदवार बनाइने बताएका छन् ।
जेनजी रेडफोर्सले आइतबार आयोजना गरेको जेनजी जागरण तथा वृहत् सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले समानुपातिक र प्रत्यक्ष दुवै तर्फ युवा तथा जेनजी पुस्ताका उम्मेदवारलाई अघि सारिने जानकारी दिए ।
उनले समानुपातिक बन्दसूचीमा युवालाई प्राथमिकतामा राखिएको उल्लेख गर्दै प्रत्यक्ष निर्वाचनमा पनि जेनजी पुस्ताका नवयुवालाई उम्मेदवार बनाउने तयारी रहेको बताए । साथै पार्टीको केन्द्रीय समितिमा पनि युवाको उपस्थितिलाई बलियो बनाइने उनको भनाइ छ ।
दाहालले भने, ‘हामी पार्टी निर्माणको चरणमा होस् वा चुनावी प्रक्रियामा समानुपातिक सूची तयार गर्दा होस् वा प्रत्यक्ष निर्वाचनमा जेनजी पुस्ताका युवा र नवयुवालाई उच्च प्राथमिकता दिने प्रयास गर्दै आएका छौँ । जेनजी पुस्ताकी मुस्कान खातुनलाई अगाडि सारेर हजारौँ लाखौँ युवालाई सम्बोधन गर्न खोजेका छौँ । आगामी दिनमा प्रत्यक्ष र समानुपातिक दुवैमा, साथै केन्द्रीय समितिमा पनि बढीभन्दा बढी युवालाई समेट्नेछौँ ।’
कार्यक्रममै दाहालले जेनजी रेडफोर्सलाई पार्टीको भ्रातृ संस्थाको मान्यता दिने घोषणा गरे । उनले भ्रातृ संस्थाहरूले कार्यक्रम आयोजना गर्दा पूर्व माओवादी शैली नअपनाउन निर्देशन दिँदै अब ‘माओवादी’ नभई ‘नेपाली कम्युनिष्ट पार्टी’को स्पिरिटमा अघि बढ्नुपर्नेमा जोड दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया