काठमाडौं । नेपाली कांग्रेसकी महाधिवेशन प्रतिनिधि करुणा कटुवालले विशेष महाधिवेशनबाट नयाँ ऊर्जा, सोच र विचारका साथ गाउँ फर्किने बताएकी छन् ।
विशेष महाधिवेशनमा बोल्दै उनले यस महाधिवेशनले कांग्रेसको दिशा निर्देश गर्ने नयाँ रोडम्याप तयार गर्ने उल्लेख गरिन् । उनले नेताको भाषण सुन्न मात्र नभई पार्टीको विधान जोगाउन र देशको निकास निकाल्नका लागि उपस्थित भएको पनि स्पष्ट गरिन् ।
करुणा कटुवालले भनिन्, ‘नेपाली कांग्रेसलाई मात्र होइन, देशको निकासको लागि यो विशेष महाधिवेशन आवश्यक छ । यो कुनै फुट वा तिक्तताको लागि होइन, कुनै नेताविरुद्धको प्रयास होइन । हामी हाम्रो पार्टी जोगाउने संवैधानिक र नैतिक प्रयासका लागि यहाँ आएका हौँ । हामी नेताको भाषण सुन्न मात्रै गाउँ फर्केका छैनौँ, नयाँ ऊर्जा र सोच बोकेर फर्किनेछौँ ।’
उनले आगामी निर्वाचनमा पनि विशेष महाधिवेशनले कांग्रेसलाई नयाँ उत्साह र बलियो सहयोग प्रदान गर्ने विश्वास व्यक्त गरिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया